राइड सेयरिङको भाडादारको विषय संसद्मा
काठमाडौँ । राइड सेयरिङको भाडादारको विषय संसद्मा उठेको छ ।
आज बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद महेश बस्नेतले यो विषय उठाएका हुन् । ‘काठमाडौँ उपत्यकामा इनड्राइभ जस्ता अनलाइन सेवाहरूले ग्राहकलाई मनपरी भाडा लिएर र सरकारलाई एक पैसा कर नतिरी अर्बौँ ठगी गरिरहेका छन्’, उनले भने । यो विषयमा सरकारले ध्यान दिनुपर्ने उनको आग्रह छ ।
नेपालका आन्तरिक हवाइ सेवाले समेत यात्रुहरूलाई आधा घण्टाका लागि चार घण्टा सम्म कुराउने र उडान रद्द भए जिम्मा नलिने प्रवृत्ति नरहेको भनेर समेत उनले सरकारको ध्यानाकर्षण गरेका छन् ।