कतारले राष्ट्रपति ट्रम्पलाई दिएको जम्बो जेट उपहार स्वीकार

काठमाडौँ । अमेरिकाले कतार सरकारले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएको बोइङ ७४७(८ जम्बो जेट उपहार स्वीकार गरेको छ ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले यस विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गरिनेछ । यो विमानको मूल्य ४० करोड डलर रहेको बताइएको छ । ट्रम्प हालै मे १४ मा कतार आइपुगेका थिए, जुन उनको मध्यपूर्व भ्रमणको दोस्रो दिन थियो । यहाँ उनले कतार सरकारसँग लगभग १।२ ट्रिलियन डलर को सम्झौता गरेका थिए ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार सुरक्षा क्लियरेन्स प्राप्त हुन केही समय लाग्न सक्ने र ट्रम्पले २०२९ मा आफ्नो राष्ट्रपतिको कार्यकाल पूरा हुनुभन्दा केही समय अघि यो विमान प्रयोग गर्न सक्ने बताइएको छ ।

रिपोर्टका अनुसार ट्रम्पले यो विमानलाई अस्थायी रूपमा एयर फोर्स वानको विकल्पको रूपमा प्रयोग गर्नेछन् । एयर फोर्स वान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान हो । हाल, ट्रम्पको निजी विमान, ुट्रम्प फोर्स वानु, १९९० को दशकको पुरानो ७५७ जेट हो । यो २०११ मा खरिद गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *