सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

भोली (सोमबार) बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् भने बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने बताइएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि बैठक बोलाएको हो । महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे जानकारी गराउन बैठक डाकिएको पौडेलले जानकारी गराए ।

पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रम बारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी गराए ।गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा नाम मुछिएको आरोप लागेर राजीनामा मागिएको छ । पार्टीकै नेताहरुलेपनि राजीनामा दिनुपर्ने मत राखेकोले यो विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *