अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुँदै


काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा १६औं अन्तराष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालले पौष २१ देखि २३ गतेसम्म अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी गर्न लागेको हो। प्रदर्शनीका बारेमा बोल्दै फुडवयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले प्रर्दशनीमार्फत स्वदेशी उत्पादनका बारेमा नेपाल डिलर, होलसेलर तथा खुद्रा व्यापारीहरुलाई आफ्ना उत्पादनका बारेमा जानकारी गराउनु, स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नु, मेलाको माध्यमबाट व्यापक प्रसार प्रसार गरी बाह्य बजारसमेत विस्तार गर्ने रणनीतिक पहल गर्नु मुख्य उद्देश्य रहेको बताएका छन्। त्यस्तै, उनले नेपाल जुत्ता उत्पादकको हिसाबले आत्मनिर्भर रहेको भन्दै हाल स्वदेशी उत्पादकला्रई विश्वको १८ देशमा पुर्याउन सक्षम भएको प्रति खुसी व्यक्त गरे। तर, उनले केहि समयदेखि ग्रे मार्केटका कारण नेपाली जुत्ता उद्योग समस्यामा परेको बताएका छन्। कार्यक्रममा बोल्दै उनले यसबारे विभिन्न मन्त्रीदेखि सबै सरोकारवाला निकायहरूमा हारगुहार गर्दा पनि समाधान हुन नसकेको भन्दै अबको नयाँ सरकारबाट यस समस्याका बारेमा सम्बोधन हुने अपेक्षा गरिएको बताए । हाल नेपालमा बिक्री हुने वा अन्य सामान करिब ५० प्रतिशत रहेको छ । प्रदर्शनी मार्फत यसलाई नेपालभरिका डिलर होलसेल, खुद्रा व्यवसायी मार्फत बिक्री वितरणमा वृद्धि बढाई नेपाली उत्पादनको हिस्सा ७५ प्रतिशत पुर्याउने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको मुख्य लक्ष्य रहेको छ। यस्तै, नेपाली फुटवयर उद्योगमा लाग्ने कच्चापदार्थको हिस्सा करिब ४० प्रतिशत रहेको र यसलाई ६० प्रतिशतमा पुर्याउने, कच्चापदार्थ मेसिनरी र प्राविधिक बीमा वैदेशिक लगानी भित्र्याउने, हाल भइरहेको निर्यातलाई दोब्बर बनाउने पनि लक्ष्य रहेको जनाइएको छ ।
नेपालमा पहिलो पटक उक्त अन्तर्राष्ट्रिय फुटवयर औद्योगिक प्रदर्शनी हुने, प्रथम पटक बी टु बी सेल्स हुने, विदेशी डिलर होलसेलरलाई प्रदर्शन अवधिभर होटेल सुविधा सहित आमन्त्रण गरिएको जसको परिणाम स्वरूप नेपाली उत्पादनको विदेश निर्यातको सम्भावना रहेको र देश भरीबाट ४० हजारदेखि ५० हजार उद्योगी, डिलर, होलसेलर र खुद्रा व्यापारीहरूको सहभागिता जनाउने प्रदर्शनीबाट अपेक्षा गरिएको छ । प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेशिनरी र प्रविधि सहितको ४० भन्दा बढि कम्पनीका स्टल रहने र नेपालि फुटवेयरका ९० कम्पनी सहभागि हुने पनि एसोसिएसनले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *