पृथ्वीको नजिकै आएर गयो एउटा क्षुद्रग्रह

काठमाडौं । एउटा ठूलो घटना टरेर गएको छ: केही समयअघि मात्रै एउटा ठूलो क्षुद्रग्रह एस्टेरोइड पृथ्वीको नजिकै भएर गएको छ । एउटा मिनिबस जत्रो आकारको उक्त क्षुद्रग्रह वा अन्तरिक्ष चट्टानलाई २०२३ बीयू नाम दिइएको छ र त्यो दक्षिण अमेरिका महादेशको दक्षिणी कुनामाथिको आकाशभन्दा पनि माथि अन्तरिक्षबाट पार भएर गएको छ।

उक्त क्षुद्रग्रह पृथ्वीभन्दा ३,६०० किलोमिटर नजिकसम्म आएर पार भएको थियो र त्यसको अर्थ त्यो अन्तरिक्ष चट्टान पृथ्वीको धेरै नै नजिक आइपुगेको हो । यो घटनाले अन्तरिक्षमा पृथ्वीको नजिकै उल्लेखनीय आकारका क्षुद्रग्रहहरू रहेका छन् जसमध्ये सबैका बारेमा हामीले अझै पनि फेला पार्न बाँकी नै छ भन्ने देखाएको छ ।

कसरी थाहा भयो ?
यो क्षुद्रग्रहलाई गत सप्ताहान्तमा मात्रै सिकारु खगोलविद् गेन्नाडी बोरिसोभले फेला पारेका थिए। उनी क्राइमियाको नाउच्न्यी क्षेत्रमा सक्रिय छन् । उनले प्राप्त गरेको क्षुद्रग्रह सम्बन्धी सूचनालाई थप खोज अनुसन्धान गरेपछि २०२३ बीयू नाम दिइएको उक्त क्षुद्रग्रहको आकार र सबैभन्दा महत्वपूर्ण कुरा त्यसले अघि बढ्न लिइरहेको बाटोका बारेमा थाहा हुन सकेको थियो ।

त्यसपछि मात्रै उक्त क्षुद्रग्रह पृथ्वीमा ठोकिँदैन बरू नजिकै भएर जानेछ भन्नेमा खगोलशास्त्रीहरू ढुक्क हुन सकेका थिए। तर उक्त क्षुद्रग्रह मानिसले अन्तरिक्षमा पठाएका दुरसञ्चार भूउपग्रहहरू रहेका क्षेत्रभित्रै प्रवेश गरेको थियो । त्यस्ता भूउपग्रहहरू पृथ्वीभन्दा ३,६००० किलोमिटर माथिको अन्तरिक्षमा रहेका छन् ।

क्षुद्रग्रह भूउपग्रहहरूसँग ठोकिने सम्भावना निकै नै कम हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *