सरकार छाड्छौं होला ः रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सरकार छाड्ने सन्देश सत्तारुढ दलका नेताहरुलाई दिएका छन् । पार्टी केन्द्रीय समिति र सांसदीय दलको संयुक्त बैठक बस्नुअघि लामिछानेले सत्तारुढ दलका नेताहरुसँग सम्वाद गरेका थिए । रविले सरकार छाड्छौं होला भनेर आफूलाई पनि फोन गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बैठकमा जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गर्ने फैसला सुनाएको थियो । त्यही कारण उपप्रधान तथा गृहमन्त्री पद समेत गुमाएका उनले आइतबार नागरिकता लिए र पुनः मन्त्री बनाउन दबाव दिँदै आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसमा सहमत नभएपछि रवि सरकारबाटै हट्ने तयारीमा छन् । यता माओवादी बैठकमा रास्वपाले गृहमन्त्री नभई हुन्न भनेर अप्ठ्यारो गरेको छ’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने, ‘रविलाई गृहमन्त्री दिन सकिने अबस्था छैन । ओलीको पनि दवाव छँदै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *