माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाईन अस्पतालमा छुट
काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रन्टलाईन अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पतालमा स्वास्थ्य सम्बन्धी सुविधा लिँदा बढिमा १३ प्रतिशतसम्म छुट पाउनेछन् । जस अन्तर्गत फ्रन्टलाईन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु ओपिडि, बेड तथा सर्जरी, ल्याब, लगायतका अन्य सेवाहरुको शुल्कमा न्युनतम ५ प्रतिशतदेखि बढिमा १३ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । संस्थाले हाल पुरानो बानेश्वर, काठमाडौंबाट सेवा प्रदान गर्दै आईरहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।














