ग्लोबल आइएमई बैंकका २ शाखा कार्यालय गाभिने


काठमाडौं । ग्लोबल आइएमई बैंक र साविकको बैंक अफ काठमाण्डू मर्जर भएपश्चात् एकै स्थानमा सञ्चालनमा रहेका शाखा कार्यालय गाभिने भएका हुन् । शाखा कार्यालयहरु समायोजन र स्थानान्तरण भई फागुन २८ देखि एकिकृत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ । साथै साविकका शाखा कार्यालयमा रहेका ग्राहकका खाताहरु स्थानान्तरण भएको शाखा कार्यालयमा स्थानान्तरण गरी सेवा सुचारु रहनेछन् । साविक बैंक अफ काठमाण्डूको सुन्दरबजार नगरपालिका ७ मा रहेको शाखा कार्यालय गाभिएपश्चात् मिलनचोक सुन्दरबजार नगरपालिका ६ लमजुङ्गबाट सञ्चालन हुनेछ । यस्तै, ग्लोबल आइएमई बैंकको अनामनगरमा संचालनमा रहेको शाखा कार्यालय पनि गाभिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *