दुधको मूल्य बढ्यो, उपभोक्ता मारमा


काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य बढाएको छ । सरकाले दुधको मूल्य ९.१ रूपैयाँ बढाउँदै प्रतिलिटर ६५.५ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ थियो । यो मूल्यवृद्धिको भार उपभोक्तालाई पर्नेछ । किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गर्दै आएका थिए । एक वर्षअघि पनि सरकारले दुधको मूल्य बढाएको थियो । सरकारी स्वामित्वको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब सो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *