मेलमिलाप टोलका ४५ वर्षीय पुरुषले गरे आत्मदाह
काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले आत्मदाह गरेका छन् । उनले घरको कोठामा शरिरमा आगो लगाएर आत्मदाह गरेका हुन् ।
अर्यालले शरीरमा आगो लगाएर आत्मदाह गरेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोसीले जानकारी दिए । मंगलबार दिउँसो साढे ३ बजे प्रहरी पुग्दा शरीर जलेको अवस्थामा शव भेटिएको थियो । घरको कोठा भित्रबाट चुकुल लगाइएको अवस्थामा प्रहरीले फेला पारेको डिएसपी जोसीले बताए ।
‘तीनतले घरको दोस्रो फ्ल्याटमा उनले शरीरमा आगो लगाएर आत्मदाह गरेको उनले बताए । श्रीमति जागिरमा गएकी थिइन भने उनकी छोरी घरबाहिर गएको बेला अर्यालले आगो लगाएर आत्मदाह गरेको डिएसपी जोसीले बताए । सो घटनावारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।















