मनकामना केबुलकार मर्मत सम्भारका लागि सेवा बन्द रहने


काठमाण्डौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि यहि चैत्र २२ गते बुधबार १ दिनको लागि केवुलकार सेवा बन्द हुर्ने भएको छ । जस अनुसार केवुलकार टावरको मर्मत संभार सकिए लगत्तै यहि चैत्र २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ । उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ । कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नती गरेको छ । साथै यसबाट यात्रु महानुभाबमा पर्न जाने असुबिधाको लागि कम्पनि क्षमा प्राथी रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *