रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

काठमाडौं । राष्ट्रिष्य स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।

उपनिर्वाचनका लागि चितवन–२ बाट उमेदवार बनेका लामिछानेविरुद्ध अधिवक्ता युवराज पौडेलले मंगलबार विरोधको निवेदन दिएका हुन्। मंगलबार उमेदवारविरुद्ध दाबी विरोध गर्न सकिने निर्वाचन आयोगको कार्यतालिका छ।

संविधानको धारा २९१ उल्लेख गर्दै पौडेलले लामिछाने प्रतिनिधिसभा सदस्यको उमेदवार हुन अयोग्य रहेको जिकिर गरेका छन्। उक्त धारामा विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपाली नागरिकले विदेशको स्थायी आवासीय अनुमतिपत्र त्याग गरेको तीन महिना नपुगी कुनै पदमा निर्वाचित वा मनोनीत हुन नमिल्ने व्यवस्था छ। सोही आधारमा पौडेलले लामिछानेको उम्मेदवारी खारेज गर्न माग गरेका छन्।

लामिछानेले माघ १५ गते अमेरिकी दूतावासबाट विदेशी सो देशको नागरिकता त्यागेको निस्सा प्राप्त गरेका थिए । जस आधारमा आगामी वैशाख १५ गते मात्रै तीन महिना पुग्छ । त्यसैले अब निर्वाचन आयोगको कार्यालयले कस्तो निर्णय लिन्छ भन्ने चासो बढेको छ । पौडेलले लामिछानेविरुद्ध हालेको मुद्दा सर्वोच्च अदालतमा आज सुनावाइ हुँदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *