कृषि विकासले निक्षेपको ४ गुणासम्म दुर्घटना बीमा गर्ने
काठमाडौं । कृषि विकास बैंकले निक्षेपकर्तालाई निक्षेप खातामा रहेको रकमको ४ गुणासम्मको दुर्घटना बीमा गर्ने भएको छ । बैंकको निक्षेप व्यवस्थापन विभागका अनुसार निक्षेपकर्ताहरुको लाख रुपैयाँ वा खातामा रहको रकमको ४ गुणासम्म रकमको दुर्घटना क्षतिपुर्ति बीमा र स्थायी अंगभंग क्षतिपुर्ती बीमा गर्नेछ । सो बीमा लेख जारी गर्न इच्छुक बीमा कम्पनीले बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ । बैंकका अनुसार सम्बन्धित बीमा कम्पनीको २०७९ चैत्र मसान्तको वित्तीय विवरण, सम्वन्धित बीमालेख लगायत आवश्यक कागजात जेठ १० गतेभित्र प्रस्ताव पेश गर्नुपर्नेछ । एक कम्पनी वा एक भन्दा वढी कम्पनीको बीमा प्रस्ताव स्विकृत तथा अस्वीकृत गर्ने अधिकार बैंकमा निहित रहने जनाएको छ ।
















