प्रचण्डलाई एमालेको चुनौति – मृत विधेयक ब्यूँझाउने तागत भए द्वन्द्वकालमा मारिएका १७ हजारलाई पनि ब्यूँताइदिऔं

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमाणीकरण गरिएको नागरिकता विधेयक किन प्रतिपक्षलाई जानकारी नगराई प्रमाणीकरण गरेको भनेर प्रश्न गरेका छन् ।

सोमाबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न बाध्य पारेको बताएका हुन् ।

उनले संसदको नियमावलीमा संसदको विशेषाधिकार हनन गर्नेमाथि कारबाहीको माग गरेका छन् ।

‘राष्ट्रपति संसदभन्दामाथि नहुने बताउदै भट्टराईले राष्ट्रपति संसदको अंग भएकाले राष्ट्रपतिले संसदबाट पठाएको प्रमाणित गरेको विधेयक प्रमाणीकरण गर्ने अधिकार छ ।’

एमाले सांसद भट्टराईले सरकारलाई चुनौति दिँदै प्रधानमन्त्री प्रचण्डले मृत्यु भइसकेको विधेयक ब्यूँताउन नमिल्ने भन्दै ‘मृत्यु भइसकेको विधेयकलाई व्यूँझाउने तागत प्रधानमन्त्रीसँग छ भने द्वन्द्व मारिएका १७ हजार मान्छेलाई पनि ब्यूँताइदिऔँ सक्नुहुन्छ भनेर प्रश्न गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *