डिशहोम र ओएसआर डिजिटलबीच सम्झौता


काठमाडौं । नेपाली चलचित्रको प्रवर्धन र विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले डिशहोम र ओएसआर डिजिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ । एसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ ।

ओएसआर डिजिटलका विभिन्न एक्सक्लुसिभ कन्टेन्टहरु अब डिशहोमको पे पर भ्यु र एक्सक्लुसिभ च्यानल हरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन् । यसवाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न एक्सक्लुसिभ च्यानलको को मज्जा लिन सक्नेछन् भने नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *