कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ । साेमबार पार्टी सभापति शेरबहादुर देउवाकाे निवास धुम्बाराहीमा बसेकाे पदाधिकारी र पूर्वपदाधिकारीकाे बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनले भने, “भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेका छौँ । पार्टी र समसामयिक राजनीतिबारे घनिभूत छलफल हुन्छ ।”
सभापति शेरबहादुर देउवाले बैठक ‘लाइभ’ गराउने प्रस्ताव राखेका थिए ।
एजेन्डा
१) केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रस्ताव
२) पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन
३) नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव
४) सांगठानिक कार्ययोजनाबारे
५) विभाग गठन
६) राष्ट्रव्यापी अभियानको घोषणाबारे
७) केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेश
८) संसदीय दल समीक्षा (प्रमुख सचेतकले जानकारी गराउने)
९) सरकार प्रगतिबारे (उपसभापति तथा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का सरकारको समीक्षा)
१०) समसामयिक
















