रवि लामिछानेको आक्रोश : मात्र बार्गेनिङ चल्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठक चल्न नदिने तर बार्गेनिङ चल्ने टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै उनले लेखेका छन्, ‘वर्षौंदेखि देशलाई कसरी प्यारलाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौँ, कयौँ कानून बनाउनु पर्ने छ, कयौँ कानूनमा संशोधन गर्नु पर्ने छ, सरोकारका कयौँ मुद्दामा छलफल र निर्णय गर्नु छ, तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दुःखद ।’

सोमबार मात्रै सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरूबीचको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो । भागबण्डामा रास्वपासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई कुनै पनि समितिको जिम्मेवारी दिइएको छैन । बैठकमा सहभागी नेपाली कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एस, जनता समाजवादी पार्टी, र जनमत पार्टीलाई १–१ समितिको नेतृत्व भागमा परेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *