बाढीले मदन भण्डारी राजमार्ग कटान

मकवानपुर । बागमती नदीमा आएको बाढीले मदन भण्डारी राजमार्गको सडक खण्डको केही भाग कटान गरेको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर९४ लमकानामा बागमती नदीले मदन भण्डारी राजमार्ग (धरानचतरा सडक) को केही भाग कटान गरेको हो ।

लगातारको वर्षाका कारण बागमती नदीमा आएको बाढीले मकवानपुरको बागमती गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने बागमती पुल नजिकैको सडक कटान गरी बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बाढी नदी किनार रहेका घरहरूमा समेत पसेको छ । बाढी आएपछि त्यस स्थानमा रहेका ६ घरका मानिसहरू अन्यत्र सरेकाले कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बाढीले सडक कटान गरेपछि यस सडक खण्ड भएर चल्ने ठुला सवारीसाधनहरू बाटो मै रोकिएका छन् । मोटरसाइकलसम्म आवतजावत गर्न सक्ने अवस्था रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *