बालुवाटारमा तीन दलको बैठक – एमाले सहमत, माग सम्बोधन नभए पुनः अवरोध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक चल्ने दिने भएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमतिको प्रयासस्वरुप सभामुख देवराज घिमिरे, प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा संसद सुचारु गर्न छलफलमा जुटेका थिए ।

उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमालेले तत्कालका लागि बैठक चल्न दिने भएको हो । बालुवाटारमा भएको तीन दलको शीर्ष नेताहरूको बैठक आज सदन चल्न दिने सहमति भएको एमालेका सचेतक महेश बर्तौलाले बताए ।

उनले भने–‘बैठकमा केही पनि सहमति भएन । उच्चस्तरीय छानबिन समिति बनाउँदा सबै हाम्रै मान्छे पो पर्ने हो कि भन्ने उहाँहरूलाई त्रास परेको देखिन्छ । संसद खुलाउन प्रतिपक्षको मागलाई सम्बोधन गर्नुपर्छ भन्नेमा उहाँहरु देखिनुहुन्न ।’ उनले बैठकको सुरुमा सांसद, दलका नेताले संशोधन गर्दा बैठक अवरोध नगर्ने, गृहमन्त्रीलाई पनि बोल्न दिने तर सो क्रममा आफ्नो माग संशोधन नभएर विरोध जनाउने सचेतक बर्तौलाले बताए । 

आजको बैठकमा गृहमन्त्रीले जवाफ दिने र नेताहरूले पनि आफ्नो कुरा राख्ने बताए । यदि गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नभए पुनः सदन अवरोध गर्ने बताए ।

गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट तस्करीको करिब एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै गत साउन १० गतेदेखि एमालेले संसदमा गतिरोध गर्दै आएको छ । सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच सहमति जुट्न नसक्दा सोमबार २ पटक समय निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *