सभामुख र प्रमुख सचेतकहरूको छलफल जारी
काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफल जारी छ ।
सबै दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी बैठक संसद भवनमा बसेको हो । छलफलमा तीन दलबीच बैठक नियमित गर्ने सहमति भएपछि संसदमा दलहरूको प्रस्तुतिबारे छलफल भइहेको छ । सभामुखले आजको बैठकमा बोल्न विषय र दलहरूको प्रस्तुतिबारे छलफल गरेका हुन् ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरूको बैठकमा सदन खुलाउने सहमति भएको थियो । उक्त सहमतिसँगै सभामुखले सबै दलका प्रमुख सचेतकलाई छलफलका लागि बोलाएका थिए ।
















