शुसेलि मञ्च भक्तपुरको दोस्रो गोष्ठि सम्पन्न


भक्तपुर । सुशेलि मञ्च भक्तपुरको दोस्रो गोष्ठि मञ्चका अध्यक्ष रामशरण न्यौपानेको अध्यक्षतामा निम्न उपस्थित सदस्यहरुको उपस्थितिमा ग्रेस एफ एमको सभाकक्ष भक्तपुर सुर्यबिनायकमा सम्पन्न गरीयो । रामशरण न्यौपाने, तेजकृष्ण श्रेष्ठ, डिल्ली प्रसाद मुलतिहुन,बिश्वनाथ ढुङगेल ,शालिकराम दाहाल,छन्द विज्ञान निरौला ,बिके माकजु ,सावित्री गेलाल ,श्याम माकजु ,ओम नरहरी श्रेष्ठ ,मैयाँ सुर्खेति ,ग्रेस एफ एम सञ्चालक केशब लुईटेल उपस्थित रहेको थियो ।
बिधान तयारका लागि तीन सदस्यिय संयोजक गठन गरीयो ।
१ रामशरण न्यौपाने संयोजक
२ डिल्लिप्रसाद मुलतिहुन सदस्य
३ बिश्वनाथ ढुङगेल सदस्य
माथि उल्लेखित संयोजक तथा सदस्यहरुले आफनो कार्य छिटो सम्पन्न गर्नु हुनेछ भन्ने यस शुसेलि मञ्च भक्तपुर
सञ्चालक समितिलाई पूर्ण विश्वासका साथ अनुरोध गरिन्छ भनी निर्णय गरियो। आज मिति २०८० साल श्रावण १ गतेका दिनमा हाललाई केहि रकम उठाउने र पछि नपुग भएको खण्डमा आवश्यक छलफल गरि पुनः रकम उठाउने व्यहोरा निर्णय गरीयो । प्रत्येक महिनाको पहिलो शनिवार शुसेलि मञ्च भक्तपुरको कम्तिमा प्रति व्यक्तिले १० वटा शुसेलि वाचन गरि सम्पन्न गरीने निर्णय गरीयो । २०८० साल कार्तिक मसान्त अर्थनत दशै तिहार सम्ममा आ आफनो विषय बनाई प्रति व्यक्ति १ सय२० वटा शुसेलि तयार पारी पुस्तक प्रकाशन गर्ने निर्णय गरीयो । साथै दस शुसेलिको एउटा शीर्षक ब्नाउन सकिनेछ भनी आजको शुसेलि मञ्चको बेठकले निर्णय गरि बैठक सम्पन्न गरीएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *