कुर्सीका लागि होइन, देश र जनताको लागि काम गर्नुपर्छ : नेता सिंह

काठमाडौँँ । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्र नं १ ले आज क्षेत्रिय सम्मेलन गरेको थियो । उक्त सम्मेलनमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, बागमती प्रदेशका नेता दिपेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य, तरुण दलका केन्द्रीय नेता, नेविसङ्घका केन्द्रीय नेता, काठमाडौँ महानगरपालिका वडाध्यक्षहरूको उपस्थित रहेको थियो ।

उक्त सम्मेलनमा बोल्दै प्रकाशमान सिंहले भने नेपाली कांग्रेस पार्टी प्रजातन्त्र ल्याएको हो, त्यसैले कांग्रेस पार्टी जतिको हो अवसर अरु कुनै पार्टी नदिएको उनले बताएका छन् । कांग्रेसले कुर्सिको लागि नभएर देशको लागि काम गरेको उनले बताएका छन् । ३०-४० वर्षैदेखी पार्टीमा लागि परेर काम गरिरहेका व्यक्तिहरुले कुर्सी पाएका छैनन् कुर्सीका लागि भन्दा पनि देश र जनताको लागि काम गर्नुपर्छ भन्ने धारणा कांग्रेसीहरुमा रहेको उनले बताएका छन् ।

एकाइ देखिनै बलीयो भएर जानु पर्ने, होइन भने अहिलेको अवस्था एकदमै संकटमा रहेको उनले बताएका छन् । चुनावमा व्यक्तिले नभएर दल हार्ने पार्टी हार्ने उनले बताएका छन् ।

कांग्रेस मात्र भनेर नहुने कांग्रेसलाई समर्थन पनि उत्तीकै गर्नुपर्ने उनले भनेका छन् । कांग्रेस बलियो बनाउन केन्द्रमा, एकाइमा बेलाबेलामा वडा सम्मेलन क्षेत्र सम्मेलन राख्नुपर्ने उनले बताए । धेरै कानुन वडामै हुने भएकाले वडा अध्यक्षले आफ्नो एकाई भित्र बसोबास गर्ने मतदाताहरुसँग इन्रयाक्सन गरेर र कांग्रेसले घरघरमा पुगेर व्यक्तिहरूको सुझाव सल्लाह लिएर अगाडि बढ्नुपर्ने सिंहको भनाइ छ ।

कांग्रेस काठमाडौं १ को महासमिति सदस्यमा प्रबलले ल्याए सर्वाधिक मत, अरु को-को भए निर्वाचित ?

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ को महासमिति सदस्य प्रत्यक्ष तर्फ खुल्ला सदस्यमा प्रबल थापा १२६ सर्वाधिक मतसहित महासमिति सदस्य निर्वाचित भएका छन् ।

२७ जना महाधिवेशन प्रतिनिधिबाट छानिने महासमिति सदस्यमा आज भएको निर्वाचनबाट निर्वाचित भएका हुन् । सबैलाई सर्वसम्मत गराउने प्रयास भएपनि उक्त प्रयास असफल भएपछि क्षेत्रीय सभापति प्रकाश विक्रम राणा बाहेकमा निर्वाचन भएको हो ।

अन्य निर्वाचित सदस्यहरुमा सुरज चन्द्र लामिछाने १२२, अम्बिका सुवेदी ११३, शम्भु तामाङ ११२, इन्दु थापा १११, मोहन कुमार राई १०५, रेणु दाहाल भट्टराई १०५, दिपेन्द्र श्रेष्ठ १०४, लिलेन्द्र प्रधान १०० र सारदा लामाले ९७ मतसहित निर्वाचित भएका छन् ।

वडा नं २९ का वडा अध्यक्षसमेत रहेका कुश ढकाल, प्रभावशाली नेता सुरज काफ्ले र राजेन्द्र गुरुङले राम्रो मत ल्याए पनि पराजित भएका छन् । काठमाडौं क्षेत्र नं १ कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको निर्वाचन क्षेत्र हो ।

No description available.
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *