टाटा मोटर्सको ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ क्याम्प


काठमाडौं । सिप्रदी तथा टाटा मोटर्सको ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ क्याम्प ५ दिनसम्म देशभरका टाटा शोरुमहरूमा संचालन हुने उक्त क्याम्प सुरू भएको छ । नेपाली बजारमा विद्युतीय सवारी (ईभी) को माग र प्रयोग बढ्दो छ । जसमा टाटा मोटर्सका नयाँ ईभी ग्राहकले निकै रुचाएका छन् । यसैलाई मध्येनजर गर्दै एक्सचेन्ज मेला आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त एक्सचेन्ज क्याम्पमा ग्राहकले पेट्रोल,डिजेलबाट चल्ने कुनै पनि गाडीसँग टाटाका ईभी साट्न सक्ने छन् ।

साथै, एकै ठाउँबाट उचित मूल्याङ्कन, ८० प्रतिशतसम्म फाइनान्स सुविधा, बीमा सुविधा पाउने छन् । यस्तै, हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरू पनि पाइने छ । उक्त योजनामा आफ्नो गाडी मूल्यांकन गराउँदा ग्राहकले तुरुन्तै उपहार पाउनुका साथै हरेक दिन लक्की ड्र मार्फत ५ जना भाग्यशाली ग्राहकहरूले स्मार्टवाच जित्न सक्नेछन् । यो कार्यक्रम सीमित अवधिका लागि टाटा मोटर्सका शोरुमहरूमा मात्र लागू भएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *