मुसिकोटका वडाध्यक्षले फेसबुकमा स्टाटस लेखेर गरे आत्महत्या


काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिकाका १ का वडाध्यक्ष मोहन घिमिरेले सामाजिक सञ्जालमा स्टाटस लेखेर आत्महत्या गरेका छन् । वडाध्यक्ष घिमिरेले शनिबार बिहान फेसबुकमा परिस्थितिको चपेटामा परेर बाच्नुको अर्थ नभएको स्टाटस लेखेका थिए ।

त्यसको साढे दुई घण्टापछि उनी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । फेसबुक स्टाटसमा यस्तो लेखेका थिए “परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुदो रहेनछ । प्रिय अनिता, साथ निभाउन सकेन, मलाई माफ गरे,” उनले फेसबुकमा लेखेका छन्, “घर परिवार, साथीभाइ, सुभचिन्तक सबैसँग माफी चाहन्छु । अल बिदा ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *