विश्वकप क्रिकेटका लागि पाकिस्तानी टिमको घोषणा

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले विश्वकपका लागि टिमको घोषणा गरेको छ ।

एसिया कपका क्रममा घाइते भएका नसिम शाहको ठाउँमा हसन अलीले मौका पाएका छन् । नसिम ३–४ महिनामा ठिक हुने पीसीबीले बताएको छ । यसै वर्षको सुरुमा न्युजिल्याण्डविरुद्धको खेलबाट टिममा डेब्यू गरेका लेग स्पिनर उसमा मिर पनि विश्वकप खेल्ने टोलीमा परेका छन् । उनी एसिया कपमा थिएनन् । विश्वकप खेल्ने टोलीको घोषणा गर्दै मुख्य चयनकर्ता इन्जामाम उल हकले भने ‘विश्वकप कुनै पनि खेलाडीका लागि जिन्दगीको महत्वपूर्ण इभेन्ट हो, आफ्नो शानदार खेलको बलमा टिममा स्थान बनाउने सबै खेलाडीलाई शुभकामना, पछिल्ला केही वर्षमा टिमले शानदार खेल प्रदर्शन गर्दै आएको छ, त्यसैले हामीले यो टिममा भरोसा गरेका छौं ।’

पाकिस्तानी टिम

बाबर आजम (कप्तान), शादाब खान (उप)कप्तान), मोहम्मद रिजवान (विकेट कीपर), अब्दुल्लाह शफिक, फखर जमान, हरिश रउफ, हसन अली, इफ्तिखार अहमद, इमाम उल हक, मोहम्मद नवाज, मोहम्मद वसिम, सलमान अलि आगा, सऊद शकिल, शाहिन शाह अफ्रिदी र ओसामा मिर ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *