मुक्तिनाथ क्यापिटलको साधारणसभा आह्वान


काठमाण्डौं । मुक्तिनाथ क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १७ गते होटेल कराउन इम्पेरीयलमा सभा आह्वान गरेको हो । सभामा १४औं बार्षिक साधारण सभाका लागि सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तथा लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात र सोहि मितिमा समाप्त आव २०७९।०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै आ.व. २०८०।०८१ को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ । क्यापिटलले लाभांश प्रस्ताव गरेको छैन । मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *