सानिमा रिलायन्स लाइफको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बिर्तामोड र इटहरी क्षेत्रमा संयुक्त रूपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । ३०० जनाभन्दा बढी अभिकर्ताको उपस्थिति भएको उक्त कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७९।८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरी सम्बन्धित क्षेत्रहरूमा उत्कृष्ट तीनमा पर्न सफल अभिकर्ताहरूलाई तालिम तथा सम्मान प्रधान गरेको हो ।

उच्च व्यवस्थापन समितिको तर्फ बाट डेपुटी सिइओ नीराजन कँडेलको सहभागितामा आयोजना गरिएको कार्यक्रममा चिफ बिजनेस अफिसरहरू गुनराज श्रेष्ठ र सूर्य गुप्ता तथा क्षेत्रीय प्रबन्धक जितेन्द्र छेत्रीलगायत शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । कम्पनीका डेपुटी सिइओ नीराजन कँडेलले कम्पनीले अहिले सम्म गरेका प्रगतिको विवरण, भविष्यमा अङ्गाल्ने रणनीति र सुशासनको महत्वबारे प्रकाश पारेका थिए । साथै कम्पनीका चिफ बिजनेस अफिसरहरूले अभिकर्ताको सीप विकास र आत्मनिर्भरता वृद्धि गर्न आवश्यक विभिन्न शीर्षकमा अन्तरक्रिया र तालिम प्रधान गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *