द्वारिकाजले कमायो सबैभन्दा बढी विदेशी मुद्रा


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्डयन मन्त्रालयले उपलब्ध गराएको एक तथ्यांकमा नेपालमा डलर आम्दानी गर्ने उत्कृष्ट ५ होटलमा द्वारिकाज्का मात्रै दुई वटा होटल परेका छन् । गत आर्थिक वर्ष २०७९।८० मा यी दुई होटलले मात्रै साढे ५३ लाख रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको उल्लेख छ । मन्त्रालयले गत वर्ष सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने एभरेष्ट हस्पिटालिटी एण्ड होटल (म्यारिअट)लाई यो वर्षको विश्व पर्यटन दिवसको दिन सम्मान समेत गरेको छ ।

उक्त होटल एक्लैले ५० लाख ४१ हजार डलर विदेशी मुद्रा आर्जन गरेको थियो । विदेशी मुद्रा आर्जन गर्ने दोस्रो र पाँचौं नम्बरमा द्वारिकाजका दुई होटल परेका छन् । गत आर्थिक वर्षमा द्वारिकाज काठमाडौंले ३९ लाख ६ हजार डलर अमेरिकी डलर विदेशी मुद्रा आर्जन गरेको थियो । पछिल्लो एक वर्षमा यही होटल समूहको धुलिखेलमा अवस्थित द द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्टले पनि १४ लाख ५६ हजार डलर आम्दानी गरेको छ ।

दुबै होटललले विदेशी मुद्रा भित्र्याउन गरेको योगदानलाई जोड्दा भने द्वारिकाज होटल नै पहिलो नम्बरमा आउँछ । विदेशी मुद्रा भित्र्याउने होटलको तेस्रो नम्बरमा भने सोल्टी क्राउन प्लाजा रहेको छ । यो होटलले ३३ लाख १२ हजार डलर विदेशी मुद्रा आर्जन गरेको छ । गत वर्ष धेरै विदेशी मुद्रा आर्जन गर्ने होटलहरुको सूचीको चौथो नम्बरमा होटल हिमालयन परेको छ । यो होटलले १७ लाख १९ हजार डलर आम्दान गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *