अभियन्ता ईःविरुद्ध ललितपुरका स्थानीय आन्दोलित

काठमाडौं । ललितपुरका स्थानीयले सामाजिक अभियन्ता ईः विरुद्ध प्रदर्शन गरेका छन् ।

अभियान्ता ईः ले फुटपाथ व्यापार हटाउने ललितपुर महानगरपालिको निर्णय फिर्ता गर्न आह्वान गर्दै १०८ मिनेट पुल्चोकमा उभिएर प्रदर्शन गर्न थालेपछि स्थानीयले उनको विरोध गरेका छन् । स्थानीयले फुटपाथ हटाउन माग राख्दै ललितपुर महानगरमा प्रदर्शन गरेका हुन् ।

ईःले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले निर्णयमा पुनर्विचार गर्न आह्वान गरेका थिए । ईः ले महानगरपालिकाको निर्णयविरूद्ध मंगलबार दिउँसो ३ बजेदेखि १०८ मिनेट उभिन लागेपछि स्थानीयले प्लेकार्ड र पम्पलेट नै च्यातिदिएका छन् ।

मंसिर १९ गते महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार गर्न रोक लगाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *