यू–१९ एसिया कप : नेपाल द्वारा भारतलाई ५३ रनको झिनो लक्ष्य
काठमाडौं । यू–१९ एसिया कप क्रिकेटको समूह एको अन्तिम खेलमा नेपालले भारतलाई ५३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अल आउट हुदै सो लक्ष्य प्रस्तुत गरेको हो । यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपालले अत्यन्तै फितलो ब्याटिङ गर्यो । नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दुबईस्थित आइसीसी क्रिकेट ओभल २ मा भारतका कप्तान उदे सरनले टस जितेर बलिङ गर्ने निर्णय लिएका थिए । यसअघि भारत पाकिस्तानसँग ८ विकेटले पराजित भएको थियो भने अफगानस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।
नेपाल भने पाकिस्तान र अफगानस्तान दुवैसँग पराजित भएको थियो । नेपाल पाकिस्तानसँग ७ विकेटले तथा अफगानस्तानसँग ७३ रनले पराजित भएको हो ।
अबको केहि समयमा नेपालि बलरहरु बलिङ गर्न आउने छन् ।
















