लुम्बिनी विकास बैंकको लाभांश घोषणा
काठमाडौं । लुम्बिनी विकास बैंकले मंसिर २६ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । बैंकका अनुसार आर्थिक वर्षको मुनाफा र सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब ८२ करोड २८ लाख २१ हजार २८६.३२ रुपैयाँको कुल ८.५ प्रतिशतले हुन आउने २८ करोड ७५ लाख ३९ हजार ८०९.३३ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जसमा ४ प्रतिशतले हुन आउने १३ करोड ५३ लाख १२ हजार ८५१.४५ रुपैयाँ बराबरको बोनस सेयर र ४.५ प्रतिशतले हुन आउने १५ करोड २२ लाख २६ हजार ९५७.८८ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन् । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा लाभांश वितरण हुने छ ।















