तपस्वी बम्जनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको उजुरी प्राप्त छ : सीआईबी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तपस्वी रामबहादुर बम्जनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको जनाएको छ ।

उनीहरु विभिन्न मितिमा बम्जनको आश्रमबाट हराएको उजुरी प्राप्त भएको बुधबार आयोजित पत्रकार सम्मेलनान सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । व्यक्ती बेपत्ता, बाल यौन दुराचारलगायत आरोपमा सीआईबीले बमजनलाई मंगलबार साँझ हात्तिगौँडास्थित उनको निवासबाट पक्राउ गरेको थियो । सीआईबीले उनलाई पक्राउ गर्न ‘अप्रेसन ब्लु’ चलाएको थियो । बमजन विगत २ महिनादेखि हात्तिगौँडामा परिवारसँग रहेको प्रहरीको दाबी छ ।

बमजनको निवासबाट ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ र ३० लाख भन्दा बढी नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको सीआइबीले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *