यति ब्रुअरीद्वारा २ सय प्रतिशत लाभांश प्रस्ताव

काठमाण्डौं । यति ब्रुअरी लिमिटेडले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित माघ २५ गते साधारणसभा आह्वान गरेको छ । सभामा बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने, आईपीओ मार्फत निष्काशन हुने पुंजीको उपयोगबारे निर्णय गर्ने, आईपीओ निष्काशन गर्नको लागि गर्नु पर्ने सम्पूर्ण कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

त्यस्तै कम्पनीको शेयरको अंकित मूल्य प्रति कित्ता ५० रुपैयाँ कायम गर्ने र संस्थापक तथा सर्वसाधारण लगानीकर्ताको शेयर अनुपात ८५ः१५ कायम गर्ने प्रस्ताव पेश हुने छ। यस हिसाबमा कम्पनीले १५ प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने छ । सभामा आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट १०० प्रतिशत नगद लाभांश र १०० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पेश हुने छ । यस कम्पनीले यति अर्ना, शिखर, किंगफिसर बियर उत्पादन गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *