नेपाल ए टिमको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ए टिमको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ ।

क्यानको आज बसेको बोर्ड बैठकले पूर्वकप्तान मल्ललाई मूख्य प्रशिक्षक र प्रशिक्षकमा पूर्वखेलाडी कलाम अलीलाई नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै यू-१९ महिला टिमको प्रशिक्षकमा महेशप्रसाद रिजाललाई दिनेसमेत बैठकको निर्णय छ । क्यानको सचिवमा निर्वाचित भएर आएपछि पूर्व कप्तान पारश खड्काको सक्रियतामा नेपालको ए टिम घोषणा गरिएको थियो ।

नेपालको इतिहासमै पहिलो पटक घोषणा भएको ए टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन् । नेपालको ए टिममा कुनैबेला राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीदेखि यू-१९ विश्वकपमा राम्रो प्रदर्शन गरेका र यस संस्करणको प्रधानमन्त्री कप एकदिवसीय खेलमा उत्कृष्ट प्रदर्शन गरेकाहरुलाई समावेश गरिएको छ ।

नेपाल ‘ए’ टिम
विनोद भण्डारी (कप्तान), प्रतिश जी.सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *