सूर्य ज्योतिलाइफद्वारा महिलाका सिलाई–कटाई तालिममा मेशिन तथा सामाग्री वितरण

काठमाडौं । सूर्यज्योति लाइफले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलालाई आत्मनिर्भर बनाउने तया आय आर्जन बृद्धि गर्ने पवित्र उद्देश्य लिएर सिलाई कटाई तालिमका लागि आवश्यक मेशिन तथा अन्य सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नवलपरासीस्थित फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु ३, लाई बिपन्न बर्गका महिलाहरुको आर्थिक क्षमता बृद्धि गर्न सहयोग गर्ने हेतुले सिपमुलक सिलाई कटाई तालिम संचालन गर्ने प्रयोजनका लागि १० थान अत्याधुनिक सिलाई मेशिन तथा सोसंग सम्बन्धित सामाग्रीहरु हस्तान्तरण गरेको जनाएको छ । आज विश्व अन्तर्राष्ट्रिय नारी दिवस हो ।

सो अवसरमा कम्पनीले महिलालाई सिलाई कटाइ सम्बन्धी तालिम दिने संस्थालाई मेशिन हस्तान्तरण गरेर प्रोत्साहन गर्दै मेशिन तथा सामग्री प्रदान गरेको जनाएको छ । महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउन तालिम दिँदै आएको सो संस्थाले बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगबाट वित्तिय साक्षरता, सिपमुलक प्रविधि शिक्षा, खेलकुद, जलवायु परिवर्तन न्युनिकरण, अनुकुलन सम्बन्धीगतिविधि, खेलकुदतथा साक्षरता कक्षा सम्बन्धी बिभिन्न गतिविधिहरु संचालन गर्दै आइरहेको छ । आज नारी दिवसको अवसरमा कम्पनीले एक कार्यक्रमको आयोजना गरी ति सिलाई कटाई सामग्रीहरु सामाजिक संस्था फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष, अम्बर बहादुर महतो, सचिव, काशी राम पाठक तथा संस्थाका पदाधिकारीहरुसहित रोटरी क्लव नवलपरासीका पदाधिकारी, स्थानिय जनप्रतिनिधि, तालिममा सहभागी महिला र सूर्यज्योति लाइफका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाको उपस्थिति रहेको थिया । कम्पनीका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाले सिलाई कटाई सामाग्री हस्तान्तरण गर्दै यस प्रकारको सहयोगले बिपन्न बर्गका महिलाहरुको आर्थिक क्षमता बृद्धि गर्न टेवा पुग्ने कुरामा विश्वस्त रहेको बताए । साथै फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष महतोले विपन्न तथा पिछडिएका महिलाहरुको सीप विकास गरी उनीहरुलाई आर्थिक समुन्नतीको बाटोमा बढाउन सकिन्छ भनेर नै यो तालिमको आयोजना गरिएको र सो अभियानमा सूर्यज्योति लाइफले साथ दिएकोमा आभार व्यक्त गरेका थिए । कार्यक्रममा दिइएको जानकारी अनुसार तालिममा सहभागी महिलाहरुले सिलाई कटाई गर ेर आत्मनिर्भर हुनसक्ने तथा व्यवसाय सञ्चालन गर्न सक्ने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *