७ वटा नगरपालिका उत्कृष्ट घोषित
काठमाडौं । नगरपालिका संघको ३१औं स्थापना दिवसका अवसरमा विभिन्न ७ वटा नगरपालिका उत्कृष्ट नगरपालिकाका रूपमा घोषित भएका छन् । विभिन्न ६ नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो । संस्थागत विकास तथा सुशासनमा दाङको घोराही उपमहानगरपालिका उत्कृष्ट बनेको छ ।
यस्तै, स्थानीय आर्थिक विकासमा बुटवल उपमहानगरपालिका, सामाजिक विकासमा गौर रौतहटको नगरपालिकापालिका उत्कृष्ट बनेको हो । वन वातावरणको क्षेत्रमा रत्ननगर नगरपालिका र चौरजहारी नगरपालिका उत्कृष्ट घोषित भए । यस्तै, सहरी योजना तथा विपद व्यवस्थापनमा गोदावरी नगरपालिका काठमाडौ र भिमदत्त नगरपालिका उत्कृष्ट घोषित भएका हुन् ।
















