मन्त्रीहरूले प्रत्येक दिन गरेका कामको ब्रिफिङ अब प्रधानमन्त्रीलाई गर्नुपर्ने
काठमाडौं । मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ अब प्रधानमन्त्रीलाई गर्नुपर्ने भएको छ । बिहीबारको राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए । सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ आज बेलुकाबाट नै प्रधानमन्त्रीलाई गर्नुपर्ने,”प्रधानमन्त्रीले भने, गरेका काममध्ये त्यो दिनको महत्त्वपूर्ण काम जे गरियो त्यो प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भनेपछि सबै मन्त्रालय, सचिव, कर्मचारीलाई तताउँछ भन्ने विश्वास छ ।
सरकारले तदारुकताका साथ विकास निर्माण, सेवा प्रशासनलगायत काम दृढताका साथ गर्न खोजे पनि प्रशासन र कर्मचारीमा जाँगर आएको छैन भन्ने विषयमा आजको मन्त्रिपरिषद्को बैठकमा छलफल भएको बताए । कर्मचारीहरूलाई के कारणले निर्णय लिनुभन्दा नलिनु राम्रो लाग्न थालेको हो भन्ने विषयमा पनि छलफल भएको उनले बताए । कर्मचारीलाई दोष दिएर मात्रै नहुने उनको भनाइ छ । राजनीतिक र प्रशासनिक तहमा यसबारे खोजी गर्नुपर्ने बताए । साझा संकल्प नगरे अघि बढ्न नसकिने बताए .















