फिल्म कुस्माको प्रदर्शन मिति तय

काठमाडौँ । फिल्म कुस्माको प्रदर्शन मिति तय गरिएको छ ।

फिल्म कुस्मा आगामी असोज ३ गते प्रदर्शन गर्ने घोषणा गरेको निर्माण पक्षले जानकारी दिएका छन् । धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको कुस्मालाई अशोक थापा मगरले निर्देशन गरेका हुन् । लभ स्टोरी फिल्म भनिएको यस फिल्म धिरज र उपासना बाहेक माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन लगायतको अभिनय रहेको छ ।

फिल्मलाई निर्देशक अशोक थापा मगरले नै लेखेका हुन् भने स्क्रिनप्ले पनि उनकै रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *