राष्ट्रिय सहकारी महासंघद्वारा विभिन्न व्यक्तित्व तथा संघसंस्था पुरस्कृत

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३१ औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा विभिन्न व्यक्तित्व तथा उत्कृष्ट सहकारी संघसंस्थालाई पुरस्कृत गरेको छ । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न व्यक्तित्व तथा संघसंस्थालाई पुरस्कार प्रदान गरेका हुन् । राष्ट्रिय सहकारी पुरस्कारबाट महासंघका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री केशव बडाल पुरस्कृत भए। सहकारी अभियानको विकास र विस्तारमा महत्वपूर्ण योगदान निरन्तर दिइरहको भन्दै महासंघले उनलाई सम्मान गरेको हो । त्यसैगरि उत्कृष्ट सहकारी पुरस्कारबाट मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघ सम्मानित भएको छ ।

त्यसैगरी उत्कृष्ट व्यवसाय पुरस्कारतर्फ ७ प्रदेशका १,१ संस्था पुरस्कृत भए । पुरस्कृत हुनेमा कोशीबाट झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था, मधेश प्रदेशबाट सर्लाहीको साना किसान कृषि सहकारी संस्था, बागमती प्रदेशबाट भक्तपुरको युवा साकोस, गण्डकीबाट नवलपरासीको नवप्रतिभा साकोस, लुम्बिनीबाट दाङको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था, कर्णालीबाट सल्यानको ग्रामीण साकोस, कैलालीबाट किसान बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । त्यसैगरी उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहाल पुरस्कृत भएका छन् । सहकारी पत्रकारिता पुरस्कारबाट सहकारी खबरका सम्पादक काजी श्रेष्ठ र मेरो लगानीकी संचारकर्मी सुधा देवकाटा पुरस्कृत भएका छन् । प्रत्येक बर्ष जुलाई महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभरि मनाउने गरिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *