विकास निर्माणलाई अगाडि बढाउन कांग्रेस,एमाले गठबन्धन ः अध्यक्ष ओली
काठमाडौँ । नयाँबानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताएका छन् । उनले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको बताए ।
उनले मुलुकको सङ्कट समाधानका लागि कांग्रेससँग मिलेर सरकार बनाउन लागिएको बताए । अध्यक्ष ओलीले एमालेले कांग्रेससँगै मिलेर २०४६ सालको आन्दोलन र २०६२।०६३ सालको जनआन्दोलन गरेको स्मरण गरे । सो पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परिसकेको वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गर्ने निर्णय गरिएको बताए । उनले प्रधानमन्त्री दाहाललाई अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकारको प्रक्रियाालाई मार्गप्रशस्त गर्न आह्वान समेत गरे ।

















