म्यासेन्जरबाट सन्देश पठाऔँ, भेटमा खादामाला प्रयोग नगरौँ ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभेच्छुकलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन अनुरोध गरेका छन् । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना र बधाई दिँदा समयको पनि बचत हुने बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् । आफू प्रधानमन्त्री भइसकेपछि शुभकामना र बधाईका सन्देश आइरहेको भन्दै यस्तो स्टाटस राखेका हुन् ।

प्रधानमन्त्री ओलीले भेटमा खादामाला प्रयोग नगर्न अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले लेखेका छन्, विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ । शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *