सांसदले घुस दिएका विषयमा तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद डा वीरेन्द्र महतोले घुस दिएको विषय तत्काल अनुसन्धान गर्न प्रहरी निर्देशन दिइसकेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरुले सदनमा उठाएको विषयमा सरकार गम्भीर रहेको भन्दै अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिएका हुन्। उनले आफूले व्यक्तिगत रूपमै सांसद महतोसँग उक्त विषयमा जानकारी लिएको समेत बताए । ‘प्रहरीलाई उक्त घटनाबारे तत्काल छानबिन गर्न आदेश दिइसकिएको छ।

यो विषयलाई सरकारले अत्यन्त गम्भीर रुपमा लिएको छ,’ गृहमन्त्री लेखकले भने, ‘सदनमा एक सदस्यले आफ्नो छोराको सर्टिफिकेटको सन्दर्भमा बिचौलियालाई घुस दिएको कुरा उठाउनुभएको छ। मैले व्यक्तिगत रुपमा उहाँसँग कुरा गरेर घुस लिने मान्छे चिनाउनका लागि सहयोग गरिदिन आग्रह गरेको छु।’

जनता समाजवादी पार्टीका सांसद महतोले सदनमा आफूले शिक्षा मन्त्रालयको सानोठिमीमा पाँच हजार रुपैयाँ घुस दिएको बताएका थिए। उनले आफ्नो छोराको सर्टिफिकेट इक्युभ्यालेन्टका लागि घुस दिनुपरेको अभिव्यक्तिप्रति सांसदहरुले सभामुखसँग रुलिङको माग गरेका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *