एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान पौने १२ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

साथै विपद् व्यवस्थापनमा पार्टीले खेल्ने भूमिका, पार्टीको संगठन सुदृृढीकरण, स्थानीय तहको उपनिर्वाचनका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *