विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । साजिद खान अभिनीत नेपाली गीत ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मायामा धोखा पाई पिडामा रहेको युवकको पिडालाई ‘हेर्दा हेर्दै’को भिडियोमा देखाइएको छ ।

विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ मा साजिद खान, श्याम मगर, मिना परियार लगायतको अभिनय रहेको छ । नवराज थापाको स्वर राजकुमार बगरको सङ्गीत रहेको गीतलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । डम्बर राईको छायाङ्कन रहेको भिडियो सत्याग्रह अनलाईन टिभी युट्व च्यानल मार्फत सार्वजनिक भएको छ ।

नुनको भारी, मनको बाघले खाला जिन्दगी लगायत दजनौँ चर्चित म्युजिक भिडियो गरेका पौडेल नेपाली कथानक चलचित्र बुलाकी, ऐंचो पैंचो, कृष्ण लिला, रङेली, बिहे पास, मेला, ज्ञान शास्त्र लगायत फिल्ममा प्रमुख सहायक निर्देशकका रुपमा काम गरिसकेका छन् ।

साजिद खान एक उदाउँदा कलाकार हुन् । उनले आफ्नो अभिनयलाई हाल विभिन्न म्युजिक भिडियोहरू मार्फत आफ्नो अभिनय कला देखाइसकेका छन् ।

पुरा म्युजिक भिडियो

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *