समृद्धि फाइनान्सको सीईओमा पुन: लोहनी
काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा टीकानिधि लोहनी दोहोरिएका छन् । मङ्सिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको यसअघिको कार्यकाल मङ्सिर १४ गते सकिएको थियो । कम्पनीले मङ्सिर १५ गतेदेखि लागू हुनेगरी उनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले लोहनीलाई आगामी ४ वर्षसम्मको लागि नियुक्त गरेको हो ।