एशियन लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशत ब्याज छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी गरिएका बीमालेखमा बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरू मंसिर २० गतेदेखि पुस १९ गतेसम्म पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज छुट दिने जनाएको छ ।

कम्पनीका अनुसार पाँच वर्षदेखि माथि व्यतित बीमालेखमा ५० प्रतिशतर २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशत ब्याज छुट दिइनेछ । दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुुट प्रदान नगरिने कम्पनीको भनाइ छ । एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट प्रदान गरिने छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *