प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । भारत भ्रमणमा रहेका सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन् ।

बिहीबार राष्ट्रपति भवनमा आयोजित समारोहमा उनलाई मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल र भारतबिच दुई देशका सैन्य प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा छ । प्रधान सेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग पनि शिष्टाचार भेटघाट गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *