पत्रकार सम्मलेनमा भीम रावलले गरे ओलीको चर्को आलोचना
काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले पहिलो पटक पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी ओलीको नेतृत्व र एमाले पार्टीले विगतमा रावलमाथि गरेका दुव्र्यबहारका बारेमा भण्डाफोर गरेका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै रावलले विगतमा आफुमाथि गरेका दुव्र्यबहारका बारेमा भण्डाफोर गरेका हुन । आफूले पाटीभित्र रहेका बेला हेरक चुनौतीको सामना गर्दै पार्टी अगाडी बढिरहेको स्मरण गर्दै रावलले आफुमाथि पार्टीको नीति र विद्यान विपरित्र कारबाही गरेको बताएका छन् । नेता रावलले एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरङकुश ढङगबाट अघि बढेर गलत गरेको बताए ।
उनले महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिँदैगर्दा ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम भएको, स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको, निरंकुश बन्दै गएको लगायतका आरोप लगाउँदै प्रश्नहरूको जवाफ मागेका छन् । उनले ति प्रश्नहरूको जवाफ दिन नसके आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने दाबी छ ।
भ्रष्ट, दलाल र अनैतिकहरूसँग साँठगाँठ गरी ओलीले देशमा सुशासन र समाजवाद ल्याउन नसकिने उनको भनाइ छ । उनले जनताको हित र सिद्धान्तमा चल्नेलाई पार्टीबाट निकाल्ने, प्रतिनिधि सभाको टिकट नदिने, पार्टीका काममा सहभागी हुन नदिएर ओलीले गुट चलाएको समेत उल्लेख गरे । ओलीको शत्रुवत व्यवहारका कारण आफूले आक्रोस व्यक्त गर्नुपर्ने बाध्यता आएको बताए । उनले केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा त्यसको विरोध गर्ने ७ जना नेतालाई धन्यवाद भने । रावललाई कारबाही र दुई नेतालाई निलम्बन गर्ने प्रस्ताव हुँदा नेताहरु अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतले विरोध गरेका थिए ।

















