बिन्देश्वर माडसाहेव र कृष्ण माडसाहेवका छोराको सम्झनामा

– जगदीशराज बराल

“कुछ लोग जिन्दगी से तो चले जाते हैँ हमेशा के लिए,पर उनकी यादेँ दिल मेँ वस जाती है”(मिर्जा गालिब) ।
‘दाजु हाम्रा घरका महिलाहरुले कति काम गर्दारहेछन् भन्ने कुरा कार्तिक १६ गते देखि हालसम्म आईपुग्दा जुन महशुस गरियो लोग्ने मान्छेले त्यसको छेउ जतिमात्र काम गर्दा पनि खुव ताँइफाँइ नगरे हुन्छ’ भनेर गन्थन गर्नलाई आफ्नो पुराना जिल्लाबासी सिन्धुली मरिण खोला डाढीका दाजु नेपाली काँगे्सका स्थानीय नेता अञ्जनीप्रसाद ढकालसँग हामी दुवैजनाको परिवारिक एकैखाले स्वास्थय समस्याको सन्दर्भमा भक्तपुर गठ्ठाघरस्थित एक स्वास्थ्य क्लिनिकमा भेट भयो ।

अञ्जनी दाजुले घोकशिला,मजुवा तथा खुर्कोटको नाम लिँदै गर्दा मैले ‘पहाडमा जम्मा दुईजनाको जन्त जाने अवशर पाएँ,दुईजना जना दाजु धुर्व बरालको मजुवा तथा तथा दाजु उमेशचन्द्र बरालको खुर्कोट बैकुण्ठ आचार्य कहाँ गएको वरियाती सँग । मजुवामा राती हुरी आयो तर खुर्कोटमा पुरै रातभरी नुसति बिहे हेरेको अनि उमा भाउजु उमेश दाजुले हाँसी हाँसी पासा खेलेको र गाऊँमा उमा भाउजुलाई भित्राएपछि कृष्ण माडसाहेवको जेठो छोराले त गाऊँकै असाध्य राम्री खानदानी बुहारी पो विवाह गरेछन् भनेर गाऊँमा कुरा चलेको भनेर आमाले अरुसँग कुरा गर्नु भएको पनि सम्झना छ म त्यतिवेला सानो भएपनि । पछि सख्खर–घिउ र चिउरा उमेश दाजु र उमा भाउजुले कचौरा भरि मलाई दिनु भएको सम्झना छ । उमेश दाजुका सशुरा सहित खुर्कोटका आचार्यहरु–बुद्धिजिवि तथा नेता हरिहर आचार्य समेत वुवाको नाताभित्र पर्ने भएकाले बैकुण्ठ आर्चायका काकाहरु पर्ने टङ्कप्रसाद आचार्यको घरमा भाडा नतिरि वि.स.२०२८ सालमा खुर्कोटको माथी डाँडाको वारुद खानामा रहेको जनज्योति निमाविमा(हाल वीपी राजमार्ग छेउ सरेको छ) । उमेश दाजु राष्ट्रिय बाणिज्य बैङ्कका पूर्व व्यवस्थापक–शेयर बजारबारे जानफकार एवं वन तथा वातावरण मन्त्रालयका पूर्व डिएफओ–सहसचिव–वन वातावरण विद् डा.जगदीशचन्द्रका दाजु र कृषि विज्ञ डा.जगदीशराज –भिमप्रसाद–जयप्रसाद–सिताराम–कृष्णप्रसाद–नीलहरि–ईश्वरी–बाबुराम–भिम बहादुर बरालका भतिज समेत हुनुहुन्छ,उहाँहरु सवै घोकशिला बाशेस्वर–८ हाल गोलाञ्जोर–६ को पहाडको गाउँमा छँदा हाम्रो परिवारलाई अतिमाया गर्ने गर्नुहुन्थ्यो । हामी सवैले पहाड छोडेर तराईतिर झरेपछि केहीसँग कहिलेकाहीँ भेट हुने गरेको छ,विरामीको सेवामा लागेर हैम्श अस्पतालमा धाउँदा हाम्रा आफन्त बिन्देश्वर अधिकारीको मङ्सिर ३० गते स्वर्गारहण भएको खवर समेत थाहा भएन,भोलिपल्ट मात्र थाहा भयो’ भनेर मैले भन्दै गर्दा अञ्जनी दाजुले उमेशचन्द्र दाजुको पनि अमेरिका गएको बखत हृदयरोगको कारण ३० गते नै देहाबशन भएको र अमेरिकामा अत्यष्टिको पालो नपाएर ५ दिन कुर्नुपर्ने र विन्देस्वर अधिकारी चाहिँ सिन्धुलि कमला हाईस्कूलमा पढ्दा हामी भन्दा पछिका तपाईका साइला दाजु वन तथा वातावरण मन्त्रालयका डिएफओ तथा वातावरण विद् नवराजका सशुरा भन्ने कुरा सिन्धुलिकै मान्छेबाट सुनेको भन्ने कुरा समेत बताउनु भयो ।
शिक्षकलाई पहिले निजामति कर्मचारी अन्तर्गत जागिरे मानिन्थ्यो । रामेछापका जयतु संस्कृतम् योद्धा तथा पूर्व शिक्षक हाम्रो जेठो भिनाजु स्व.राम्रसाद न्यौपानेले जागीरमा आफु सिन्धुपाल्चोकको चौतारा सिन्धुलिको बोरेटार जानु परेको र पूर्व शिक्षक काका स्व.कृष्णप्रसाद(उमेश दाजुको पिता) रामेछापको ठोसे–वाल्टिङ्गमा सरुवा भएर जागीर खाएकोमा अहिले त राजनीतिक दलको सरुवामा हस्तक्षेप हुने गरेको बताउनु भएको थियो । ‘कृष्ण माडसाहेव–कृष्ण माष्टर–कृष्ण मुखिया–ठोसेको माष्टर’ समेत भनेर गाऊँमा कृष्णप्रसादलाई सम्बोधन गर्ने गरेपनि हाम्रो नातामा काका पर्नु हुन्थयो । हाम्रो भिनाजुसँगै उहाँ काका पनि सिन्धुपाल्चोक,ओखलढुङ्गा,रामेछाप समेतमा चर्चित हुनुहुन्थ्यो । पछि तराईतिर काकाहरु बसाई सर्नु भएको भन्ने हामीले विराटनगरमा सुनेका थियौँ । मेरा पुरानो वानेश्वरको सशुराली घर नजिक रहेको उमेश दाजुको घर वरिपरि श्रष्टा क्षेत्रप्रताप अधिकारी,पूर्व महालेखा परिक्षक बद्री कार्की र पूर्व मन्त्री रामेश्वर रायको घर छ ।

यस्तै निजामति कर्मचारी भएर सिराहा लाहान बस्तीपुरका (पछि धनगढी नपा अन्तर्गतको महेन्द्र राजमार्ग छेउको सर्वोच्च नेता गणेशमानको शालीक समेत राखिएको पूर्व सोनापुरमा कामत घर–फार्म हाउस बनाएर जनसम्पर्कको लागि त्यही बसोवास) स्व.विन्देस्वर अधिकारीले पनि लाहानको माध्यमिक विधालयबाट अवकाश लिनु भएको थियो । नेपाल बैङ्गको नासुस्तरको बरिष्ट सहायक पदमा ४ बर्ष तथा कृषि विकास बैङ्कको अधिकृतमा ३ महिना स्थायी जागीर बाट समेत राजीनामा दिएर तत्कालीन श्री ५ को सरकारको तृतीय श्रेणीको अधिकृत पदमा सिराहा कोलेनिकामा म कार्यरत थिएँ । तत्कालिन सगरमाथा अञ्चलाधीस सूर्य बहादुर सेन ओलीले नागरिकता टोलीमा खटेर सहयोग गर्न अनुरोध गर्नु भयो । तर,जानै पर्ने आदेश चाहिँ दिनु भएन । कोशी अञ्चलाधीस हुदा विराटनगर घरमा समेत पिताजीलाई भेटन आउने अञ्चलप्रमुखले सहयोग गर्न यशरी अनुरोध गर्दा मैले स्वीकारेँ । म बि.सं.२०४४ चैत्र ०९ गते देखि सिराहाको चोहर्वा चन्द्रोदयपुर,गोलबजार अशनपुर,बल्कवा,बेतौना गाँऊ पञ्चायतमा नागरिकता वितरण टोली प्रमुख भएर खटिएँ । नेकपा एकता केन्द्रका तत्कालीन नेता तथा पछि माओबादीका पूर्व मन्त्री बिश्वनाथ शाहको ,एमाले पूर्व मन्त्री लिला श्रेष्ठको क्षेत्र अशनपुर गोलबजार र नेपाली काँग्रेसकी मोहन रेग्मी तथा बुना रेग्मीको चन्द्रोदयपुरमा जति सहज मलाई सिमा क्षेत्र नजिकका बल्कवा र बेतौनामा भएन ।
बेतौनामा तीन चार घर तराईबासी (नेपाली भाषी)को रहेछ । त्यहाँका जिल्ला स्तरीय बाम नेता कृष्ण प्रसाद अधिकारीको घरमा पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी जाने गर्नु हुँदो रहेछ । भरतमोहनज्यूले(उहाँले) करिया कामत धानको बखान सुन्नु भएकोले भात खान रहर गर्नु भए अनुसार पहिलोपटक बेतौनामा करिया कामतको भात खानु भएको कुरापनि कृष्णजीले बताउनु भएसँगै कृष्णजीको दाजु जिल्ला स्तरीय पञ्च नेता उद्धव अधिकारीजीले बस्तुस्थिति बताउँदै गर्दा लाहान वस्तीपुरका विन्देस्वर अधिकारीलाई चिन्नु हुन्छ भनेर सोधेकोमा विन्देस्वर वावुलाई सिराहा सप्तरी,धनुषमा समेत चिन्दछन,उहाँका भाईहरु वित्तीय संस्थामा काम गर्ने विरेन्द्र,सुशिल र सिचाईका ईश्वर चन्द्र र छोराहरु नविन(हाल उधमी तथा त्रिवि प्राज्ञ)–प्रविण(हाल समाज सेवी तथा पूर्व अन्तराष्ट्रिय गैर सरकारी संस्था व्यवस्थापक एवं चारआली झापाका कृषक)–विपिन( हाल प्राज्ञ तथा संविधान विद्) र एउटा मात्र छोरी छिन(बन्दना नाम मैले बताएँ, पूर्वाञ्चलका अधिकारी बंशको टिपोटमा उद्धवजीहरुले राख्नु भएको छ भन्ने कुरा चलेको थियो)–विराटनगर डिएफओलाई दिएको भन्ने सुनेको समेत भन्दै गर्दा मैले म उहाँको ज्वाईको कान्छो भाई भनेँ त्यसपछि हाँस्दै अरु कुराहरु उहाँहरुले थप्नु भयो–विन्देस्वर वावु धेरै राम्रो मान्छे,कशैको चित्त नदुखाउने,तल्लो वर्गको हित चिताउने, कशैलाई अन्याय परेमा हक्की भएर आवाज उठाउने आदि ईत्यादी ।
वेतौनामा प्रधानपञ्च श्याम गडेरीलाई नागरिकता वितरणमा गैर नागरिकले सिफरिस नपाउन हामीले विगतका टोलीले हतारमा अभिलेख राखेका छन रे भन्ने गाई गुईँ सुनेका छौँ राजनीतिको लागि जथाभावि सिफारिस नगर्न अनुरोध ग¥यौँ । बल्कवाका प्रधानपञ्च वीरेन्द्र सिंह राजपूत रमाइला थिए । ‘माष्टरबावु बिन्देस्वरको नाता पर्नु हुँदो रहेछ अव त मलाई हाम्रै पहिलेको नेपाल भित्रका गङ्गाको तटसम्मकालाई नागरिकता दिन सिफरिस गर्न झन सजिलो भयो’ भनेर हस्यौली रमाइलो गर्थे । बिन्देस्वर वुवाले वि.सं.२०४३ सालमा विराटनगर घरको लागि भनेर र मलाई समेत सिराहामा काम गर्ने सहयोगी र करिया कामत धानको चामल पठाउनु भएको थियो । भरत मोहनले जस्तै मैले पनि सिराहमा नै करिया कामतको भात खाने अवसर पाएँ । दाज्युको विवाहमा सिराहाको सवभन्दा मिठो वासमति चामलको भात जन्तीलाई खवाउनु भएको सम्झना छ,बेहुलाका परिवारलाई लुगाफाटो तथा जन्तीलाई दक्षिण दिएर विदाई गर्ने चलन रहेछ–त्यसवेलाको तस्वीर अझै मसँग सुरक्षित रहेछ ।खान लाउन दुख नभएपनि उहाँ अति साधारण व्यवहारमा चल्नु हुन्थ्यो । आफुले गर्नु पर्ने विवाह होस वा अरुको जन्ती जानु पर्दा होस उहाँको एउटै पहिरन हुन्थ्यो–ढाका टोपी,कुर्ता,धोति र जुत्ता । गरिवको दुःख हेर्न चाहनु हुन्थ्यो । सिराहामा एक दिन मैले कान्छी भान्जी दिदिको घर लगेको थिएँ चिनजान गराउन,तर सिराहा जिल्ला अदालतका डिठ्ठा भिनाजु भरत उपाध्याय तिमल्सिनालाई मात्र हैन भिनाजुको सहोदर भाई केशव उपाध्याय (त्यसवेला धनकुटाको न्यायाधीस पछि प्रधान न्यायाधीस),अनि मेरा जेठा भान्दाजु रामहरी र कान्छा भन्दाजु सिन्धुलीका पुराना वामपन्थी नेता कृष्णहरि अधिकारीको नाम पनि सुन्नु भएको रहेछ । बरालहरु पूर्व नायव महालेखा परीक्षक यादव रञ्जन,राष्ट्रिय बाणिज्य बैङ्कका पूर्व महाप्रवन्धक खेम रञ्जन,पूर्व प्रशासक निरञ्जन,डा.हरु मणिरञ्जन–कमल रञ्जन–विमल रञ्जन तथा डा.अञ्जनी शर्मा,पुर्व प्रशासक श्याम अधिकारी समेत सवै उहाँका नाताभित्र पर्ने रहेछन । पदमपुर भलुवाईका सवैले चिन्ने । नेपाल राष्ट्र बैङ्कका पूर्व इन्जीनियर शिरोमणी उपाध्याय उहाँको जेठी बहिनी ज्वाई हुनुहुँदो रहेछ । नेताहरु मरवैता–गोइत–कृष्ण चरण श्रेष्ठ–विश्वनाथ साह–गीरीराजमणी–भरत–पोखरेल,प्रदीप गीरी,आनन्द ढुङ्गाना–कृष्ण मल्ल–समाजसेवी तथा पत्रकार उद्धव केसी सवैले विन्देस्वर वावु भनेर चिन्दा रहेछन् । कृषि विकाश बैङ्गका पूर्व डाईरेक्टर धनुषा पोर्ताहा निवासी विष्णु गौतमले पनि उहाँको हाल खवर बारेमा मलाई वि.सं.२०४५ मा सोध्नु भएको सम्झना छ । परार साल हामी दम्पति गएर भेट गर्दा उहाँ लेखपढमा व्यस्त हुनुहुन्थयो । मैले कुरा राखेँ–वुवा हजुर त गुरु हुन्थ्यो अहिले पनि यो उमेरमा लेख्दै हुनुहुन्छ ‘गुरु को हो–को वा गुरुर्यो हि ?,शिष्य को हो–शिष्यस्तु को यो ? ‘जसले सिर्फ अरुको हित गर्ने हुन्छ त्यही गूरु हो–हितो पदेष्टा र जो गुरुको भक्त हुन्छ शिष्य त्यही हो–गुरुभक्त एव’(श्री शङ्कराचार्य । प्रश्नोत्तर–मणि रत्नमाला) । मैले जिस्कदै राखेको जिज्ञाशाको यसरी तुरुन्तै जवाफ दिनु भएको सम्झदा उहाँको प्रतिभा स्वयं सर्वत्र छरपष्ट थियो । “शिक्षकको उमेर,बैंस,जोस र जाँगर पेन्सिलको टुँडो जस्तो सधैँ कहाँ तिखो हुँदोरहेछ र…। उमेर,बैँस,जोस र जाँगर पेन्सिलको टुँडो जस्तै खिइँदै खिइँदै जाँदोरहेछ”(पुण्य बराल,प्राज्ञ–साहित्य लेखक । झापा । सामाजिक सञ्जालकों भित्ताबाट । १६ पौष वि.सं.२०८१) । विन्देश्वर वुवाले त्यतीवेला–जीवनको अपेक्षा मृत्यू नै बढी निश्चित छ । हामी कति दिन बाँच्ने छौँ कशैले भन्न सक्दैन;परन्तु हाम्रो मृत्यु त एकदिन हुन्छ भन्ने तय भएको छ । एक दिन प्राण जान्छ भन्ने कुरा पक्का हो । “नौ द्वारे का पीँजरा,तामे पन्छी पौन । रहनेको आचरज है,गए अचम्मा कौन ।। प्राण पखेरू अर्थात प्राण रूपी पन्छी र पीँजरा भएको मनुष्य रूपी देह । यही देह रूपी पीँजरामा नौवटा ढोका छन् । यो नौवटा ढोका भएको पीँजरामा प्राण रूपी, जीवात्मा रूपी पन्छी वासोवास गरेकोमा मौन आत्मा रूपी पन्छी नौ ढोकाबाट उडेर गएमा कुनै आश्चर्य मान्नु पर्दैन” भनेर सन्त कविर दाशले भन्नु भएको कुरा राखेर जीवनमा कशैको पनि अहित हुने काम नगर्नु जगदीश बाबु भनेर पनि सम्झाउनु भएको थियो । विन्देश्वर बुवा गीताको राम्रो ज्ञान राख्नु हुन्थयो । गीता(अध्याय ३।३५) मा ‘आफ्नो धर्मको पालनागर्दा वा गर्ने सिलसिलामा मृत्यु नै भएमापनि कल्याण कारक हुन्छ’भनिएको छ । लोभ लालच,प्राण बचाउनको लागि धर्मको त्याग गर्नु हुन्न भनेर हामी दम्पतीलाई बुझाउनु भएको सम्झना छ । उहाँ भन्नु हुन्थयो–समाजलाई नैतिक तरिकाले सञ्चालन गर्नु धर्मको सिद्धान्त हो,अहिले पैसा कमाउने व्यवहारमा धर्मलाई विगार्न थालिएको छ । जीवनले धेरै नसोचेको परिस्थिति भोग्नुपर्छ जुन आफ्नो नियन्त्रणमा हुन्न,आफुले गर्न सक्ने जति–आफ्नो बुता भित्रको कुराहरु गरेँ,नसक्ने कुराको को सँग गुनासो गर्नु ? उहाँका यस्ता कुरा सुनेर मलाई त्यतिवेला “आफ्नै वशमा भएको कुरालाई लिएर कशैसँग गुनासो नगर्नु”(टाम डेलीश) भन्ने दार्शनिक विचारको सम्झना भएको थियो ।
स्व.विन्देश्वर वुवाप्रति श्रद्धाञ्जली अपर्ण तथा परिवार जनमा समवेदना दिएर गौरीघाटबाट फर्कदै गर्दा “तपाईँले पछाडी फर्केर हेनुपर्छ ता की तर्पाँ कति वर आइपसग्नु भयो भनेर जान्नबको लागि ”(टाम डेलिश) भनाई सम्झेर जीवन कतिवर आईपुग्यो र अव कति परसम्म पुग्ला त है भन्ने कुरा बुझाउनु हुन्छ की–सठिया पुगी सकेको मेरो जिन्दगीको बाँकी यात्रामा के के भोग्नु पर्ने रहेछ भनेर काठमाण्डौँका उहिलेका नाम चलेका ज्योतिष स्व.केदारनाथ तिमल्सिनाका अधिवक्ता छोरा नारायणले कानूनी पेशा छोडेर पशुपति क्षेत्रमा आफ्ना पिताको ज्योतिष पेशा अगाल्नु भएको छ रे भन्ने सुनेपछि खोज्दै उहाँको ज्योतिष केन्द्रमा पसेँ । उहाँले पनि विन्देस्वर वुवा सहित अरु छोराहरुलाई पनि देख्नु भएको रहेछ । ‘ उहाँ त उमेरको ख्याल नगरी अध्यन गर्नु हुन्थ्यो रे–धेरै अशल मान्छे–धेरै शास्त्रको ज्ञान समेत छ रे भन्ने सुनेको’भनेर भन्नु भयो । परमात्माले जहिले अव मसँग आउनुस भन्नु हुन्छ तहिलेसम्म सुकर्ममा लागि रहनु केही हुन्न भनेर अन्तराष्ट्रिय ज्योतिस सङ्गठनका सदस्य समेत रहनुभएका नारायण ज्योतिषले सम्झाउनु भएपछि मन हलुका बनाएँ ।

अव हामीसँग उमेशचन्द्र दाजु र बिन्देश्वर वुवा हुनुहुन्न । “जिन्दगी और मौत ऊपर वाले के हाथ मेँ हैँ जहाँपनाह,जिसे न आप बदल सकते हैँ ना मैँ । हम सब तो रङ्गमञ्च की कठपुतलियाँ हैँ जिसकी डोर ऊपर वाले की अङ्गुलियोँ मेँ बँधी है,कब,कौन,कैसे उठेगा,ये कोई नहीँ जानता”(गुलजार,ई.सं.१९७१ । भारतीय–हिन्दी चलचित्र ‘आनन्द’को लागि सम्बाद । भारत)। “जिन्दगी मौत तेरी मन्जिल है,दूसरा कोई रास्ता ही नहीँ”(कृष्ण बिहारी ‘नूर’,भारत । जिन्दगी से बडी सजा ही नहीँ) । “क्यो करुँ मैँ इन्तजार किसी का,कौन लौटा है आज तक जाने बाद”(मिर्जा गालिब), “क्यै छैन आफ्नो संसार भरमा,उड्ने छ घरको छानो कुनै दिन ! जीवन कसैको पनि छैन लामो,बन्ने छ पलमै छोटो कुनै दिन !”(बिनोद खनाल । बहर–मुतकारिब अश्लम । सयुक्त राज्य अमेरिका । सामाजिक सञ्जालकों भित्ताबाट –पौष १३,वि.सं. २०८१)भनेर श्रष्टाहरुले भनेपनि यश धरतीलाई छोडेर जानेहरु सम्भव भएसम्म फर्केर आए हुन्थ्यो भन्ने चाहना हुन्छ– “मैं गया वक्त नहीं हूँ कि फिर आ भी न सकूँ ! ”(मिर्जा गालिव) । उपरोक्त सबै शव्दहरु अर्पण गर्दै स्व.उहाँहरुप्रति सादर श्रद्धासुमन !!

(तस्वीर सौजन्य ः लेखकबाट सङ्कलित,तस्वीरहरुलाई मिलाएर कलात्मक संयोजन श्रम मावि काठमाण्डौका अंग्रेजी विषयका शिक्षक अरुण भण्डारीबाट) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *