स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबिच सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र बिगत ३ दशकदेखि नेपालीहरूलाई निरन्तर र गुणस्तरीय बैंकिङ्ग सेवा दिदैं आएको एभरेष्ट बैंक लिमिटेडबिच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनकालागि सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापश्चात एभरेष्ट बैंकका ग्राहक तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्नेछन् ।

बिगत दुई दशक देखि कार्ड, क्युआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्गलगायत भुक्क्तानीका बिभिन्न सेवा दिदै आएका स्मार्टच्वाईस टेक्नोलोजिजले स्मार्ट पे ब्राण्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुुरु गरेको हो । यस सेवामार्फत बैंक वित्तीय संस्थालगायत रेमिटान्स कम्पनी, ब्रोकर हाउस, बिमा कम्पनी तथा ठुला कर्पोरेटहरुले आफ्ना सेवाग्राहीका नेपालभरीका जुनसुुकै बैंक खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्नेछन् । यस सेवाको सुरुवातपश्चात एभरेष्ट बैंक लिमिटेड मार्फत प्राप्त हुुने भुक्तानी रकम बैंकखातामा ट्रान्सफर अझै छिटोे–छरितो र भरपर्दो बन्ने विश्वास रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *